साउन १४ गते तपाईको राशिफलमा के छ?

0 Shares

आज मिति २०८३ साल साउन १४ गते बिहीबार । सन् २०२६ जुलाई ३० तारिख । नेपाल संवत् ११४६ । श्रावण कृष्णपक्षको प्रतिपदा तिथि । आज बिहान ५ बजेर २६ मिनेटमा काठमाडौँ उपत्याकामा झुल्किएको घाम साँझ बेलुकी ६ बजेर ५२ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

खर्च केही बढ्ने र घरायसी समस्याले सताउनसक्ने समय छ । तथापि, आत्मविश्वास उच्च रहनाले कार्यमा सफलता मिल्ने देखिन्छ । सकारात्मक कार्यमा भएको खर्चले सन्तुष्टि दिलाउला । मित्रजनको साथ रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सावधानी अपनाउनुहोला । कर्मबल बढ्नेछ ।

बृष

आजको दिन सोचेअनुसारको सफलताप्राप्तिमा केही व्यवधान आइपर्ने देखिन्छ । मित्रजनबाट साथ–सम्मान पाइए पनि नोकरीमा अपजस आउने योग छ, सजग रही कार्य(व्यवहार गर्नु हितकर हुनेछ । नियमित कार्यमा आवश्यक जाँगर नचल्दा कामहरू अधूरै रहने सम्भावना छ । मान(सम्मानमा आघात पर्ने देखिन्छ, सजग रहनुहोला ।

मीथुन

व्यस्तता बढ्ने र व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि सम्पन्न हुने दिन छ । नयाँ काममा मन जाने देखिन्छ । अरुलाई गरेको बाचा पूरा हुनेछ । मित्र एवम् आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ ।

कर्कट

चुनौती केही बढ्ने समय छ । सुख(सुविधाबाट टाढा रहनुपर्ला । विशेष परिणामको आशाका साथ गरिएको काममा खासै सफलता नमिल्ने योग छ । अनावश्यक ठाउँमा धनको नाश हुनसक्छ । स्वास्थ्य केही कमजोर रहनाले सावधानी अपनाउनु उचित हुनेछ ।

सिंह

सामाजिक काममा नेतृत्वदायी भूमिकामा खट्नुपर्ने समय छ । मान(प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन् । पढाइलेखाइमा प्रगति होला । चल(अचल सम्पत्तिको कारोवार हुने सम्भावना छ । आरोग्यबलका साथै पराक्रम बढ्नेछ ।

कन्या

आत्मविश्वास तथा पराक्रम वृद्धि भइ धनलाभ हुने समय छ । आँटे(गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिकलाभ मिल्नाले मन हर्षित हुने देखिन्छ । विशेष योजना कार्यान्वयनको सवालमा पनि अनुकुल समय छ । काम पूरा गरेरै छाड्ने अठोट गर्दा कठिन कार्य पनि सफल हुनेछ । व्यापार(व्यवसायमा उन्नति हुनेछ ।

तुला

आजको दिन केही चुनौती बढ्ला । कतै विवाद तथा झैझगडाको सम्भावना रहेकाले विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । हातहतियारबाट जोगिन पनि सचेतना अपनाउनुपर्ने देखिन्छ । आर्थिक पक्ष ठिकै भए पनि अनावश्यक वादविवादमा परिएला । साझेदारसँग संयमतापूर्वक व्यवहार गर्नु बुद्धिमानी हुनेछ ।

वृश्चिक

पराक्रम वृद्धिका साथै काममा साथीभाइको सहयोग प्राप्त हुने समय छ । तपाईंप्रति अरुको विश्वास बढ्नेछ । प्रेममा सुखद मिलनको अनुभव हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा फाइदा उठाउन सकिनेछ । कामको सिलसिलामा यात्राको योग छ ।

धनु

शुभदायी र नयाँ काम सुरु गर्ने समय छ । भाग्यले साथ दिनाले आर्थिक लाभ हुनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला । प्रेम प्रसंगमा रमाइनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने योग परेको छ ।

मकर

सुखदायी दिन छ । अधुरा कार्यमा सफलता मिल्नुका साथै नयाँ काम गर्नमा जाँगर वृद्धि होला । आँटेका कामहरू सजिलै पूरा हुने देखिन्छ । आर्थिक लाभ मिल्ने खालको समय छ । सहयोगीहरूबाट साथ–समर्थन पाइएला । आवश्यक ठाउँमा बुद्धिविवेकको सही प्रयोग हुनेछ । रोकिएका काम मिहिनेतले सम्पन्न हुने योग छ ।

कुम्भ

काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्ने समय रहेकोले सावधानी अपनाउनुहोला । खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, खानपानलगायतका विधि(व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ ।

मीन

रचनात्मक काममा जुट्ने समय छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । आयआर्जन बढ्नाले मन प्रशन्न रहला । सन्तान पक्षबाट पनि सुखको समाचार आउला । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । प्रेमभावका साथै आँट वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला ।

सम्बन्धित समाचार