सरकारको आम्दानी भन्दा खर्च एक खर्ब ६१ अर्ब बढी

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा सरकारको आम्दानी भन्दा खर्च एक खर्ब ६१ अर्ब बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गर्दा आम्दानी भने १० खर्ब १२ अर्ब ५ करोड २४ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ ।

चालु आवमा सरकारले १५ खर्ब ३३ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य तय गरेकोमा समीक्षा अवधिसम्म जम्मा लक्ष्यको ६६ प्रतिशत मात्रै आम्दानी गरेको हो । जसमध्ये सो अवधिसम्म सरकारले लक्ष्यको ६७.४१ प्रतिशत कर आम्दानी, ६१.५१ प्रतिशत गैरकर आम्दानी र ३३.२८ प्रतिशत अनुदान आम्दानी गरेको महालेखाले जनाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा सरकारले गरेको चालु र वित्तीय व्यवस्थापन तर्फको खर्चको तुलनामा पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ । समीक्षा अवधिमा सरकारले ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ सञ्चालन खर्च गरेको छ । जुन वार्षिक लक्ष्यको ६८.९८ प्रतिशत हो । उक्त शीर्षकमा यो वर्ष ११ खर्ब ८० खर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । जुन लक्ष्यको ६५.३ प्रतिशत हो । वित्तिय व्यवस्थापनमा यो वर्ष ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।

चालु आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म लक्ष्यको २७.९१ प्रतिशत अर्थात् एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

सम्बन्धित समाचार