0
Shares
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बंगालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ३२७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।
अधिकारीले सबै पीडित चट्याङ परेको समयमा घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ ।