0
Shares
काठमाडौं । बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक ४ बजे बस्ने गरी समय निर्धारण गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
सभामुखले कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यका लागि गरेको छलफलपछि बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ ।