संसदबाट प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिन पाएनन् धन्यवाद

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।

सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नु पर्ने कांग्रेसका सांसदहरुको माग थियो ।

सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो ।

बैठकमा सभाध्यक्षले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १ः१५ बजे बस्ने छ ।

सम्बन्धित समाचार