शैक्षिक सत्रअगावै जुम्ला पुग्यो पाठ्यपुस्तक

0 Shares

जुम्ला । जुम्लामा नयाँ शैक्षिक सत्रअगावै पाठ्य पुस्तक पुगेको छ । शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।

विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय तहका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने गरी शिक्षा शाखालाई निर्देशन दिइसकेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।

जिल्लाका अरु स्थानीय तहले विद्यालयमा पाठ्यपुस्तक लैजाने तयारी गरिरहेको गाउँपालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।

सम्बन्धित समाचार