शिखर धवनले गरे प्रेमिका सोफी शाइनसँग विवाह

0 Shares

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर शिखर धवनले आफ्नी प्रेमिका सोफी शाइनसँग विवाह गरेका छन् ।

शनिबार एक निजी समारोहमा शिखरले सोफीसँग विवाह गरेका हुन् । शिखरको विवाहमा उनका मिल्ने साथी भारतीय क्रिकेट टिमका पुर्व कप्तान रोहित शर्मा, युजवेन्द्र चहललगायतका क्रिकेटर सहभागी थिए ।

४० वर्षीय पूर्व भारतीय ओपनरले एक महिना अघि जनवरी १२ मा आफ्नी आयरिश प्रेमिकासँग इन्गेजमेन्ट गरेका थिए । दुवै केही समयदेखि सम्बन्धमा थिए र मे २०२५ मा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए ।

यसअघि, धवनले २०२३ मा आफ्नी पहिलो श्रीमती आयशा मुखर्जीसँग सम्बन्ध विच्छेद गरेका थिए । दुवैले २०११ मा विवाह गरेका थिए । आयशा र धवनको एक छोरा पनि छ ।

सम्बन्धित समाचार