मन्त्री पदबाट राजीनामा दिएका कुलमान उनेपाको अध्यक्षमा नियुक्त

0 Shares

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)को अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता भाँडिएसँगै उनेपाले कुलमानलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा उनेपाको अध्यक्ष अनुप उपाध्याय थिए । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बसेर थप निर्णय गर्ने भएको छ ।

यसअघि कुलमान खुला राजनीतिमा लाग्ने भन्दै ऊर्जा मन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

रास्वपाबाट बाहिरियो कुलमान संरक्षित उनेपा

किन भाँडियो रास्वपा र उज्यालो नेपालबीचको एकता ?

सम्बन्धित समाचार