0
Shares
काठमाडौं । भारतमा हुने आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार घोषणा गरेको टोलीमा कुलश मल्ल बाहिरिएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा राम्रो प्रदर्शन गरेको शेर मल्ल पहिलो पटक टोलीमा समावेश भएका छन् । त्यस्तै हालै नेपाली टिममा पुनरागमन गरेका आदिल आलम पनि टोलीमा पर्न सकेनन् ।
रोहित पौडेलको कप्तानीमा रहेको टिममा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकश बम रहेका छन् ।
फब्रेवरी ७ देखि मार्च ८ सम्म चल्ने विश्वकपमा नेपालले बेलायत, बंगलादेश, वेस्टइन्डिज र इटालीसँग खेल्ने छ । नेपालका सबै खेल भारतको मुम्बइस्थित वानखेडे रंगशालमा हुने छन् ।