क्रिकेट खेल मैदान आसपास भीड नगर्न प्रहरीको आग्रह

0 Shares

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेल मैदान आसपास क्षेत्रमा अनावश्यक भीड नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेल मैदानबाहिर भीड नगर्न आग्रह गरेको हो ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भीड नगर्न आग्रह गरेका हुन् ।

प्रहरीले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेल स्थलको बाहिर भीड नगरिदिन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।

सम्बन्धित समाचार