काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/०८२ को मुनफाबाट वितरण गर्ने लाभांश घोषणा गरको छ । बैंकको आश्विन २७ गते सोमबार दिउसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गथरेको छ ।
बैंकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । साथै प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पुँजी रहेकोमा प्रस्तावित लाभांश वितरण भएपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा कायम हुनेछ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।