कामना सेवा विकास बैंक मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाई

0 Shares

काठमाडौँ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौँमा भएको खेलको उपाधी नाफिजले उचालेको हो ।

लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंक सहित उपाधि जितेको हो । नाफिज अपराजित रुपमा उपाधि जितेको हो । पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई पराजित गरेको नाफिजले दोस्रो खेलमा इकोनोमिक मिडिया एसोसिएसन (इमान) सँग बराबरी खेल्यो ।

पहिलो खेलमा नाफिजले सेजनलाई १–० ले पराजित गरेको हो । खेलमा नाफीजका सुदर्शन श्रेष्ठले गरेको एक मात्रै गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गणेश श्रेष्ठको पासमा सुदर्शने उत्कृष्ट गोल गरेका थिए । जुन गोल नाफिजलाई उपाधि जिताउन नै प्रयाप्त भयो ।

दोस्रो खेलमा इमानसँग गोलरहित बराबरी खेल्दै नाफिज अपराजित रहन पुग्यो । सेजनले इमानलाई १–० ले नै पराजित गरेपछि नाफिजले उपाधि जित्न सफल भयो । इमानलाई हराएको सेजन दोस्रो भयो । इमानले तेस्रो स्थान हासिल गरेको छ ।

विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरियो भने अन्य दुई टिमले पनि मेडल प्राप्त गरे ।

सम्बन्धित समाचार