वाणिज्य बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेर १९ अर्ब नाघ्यो

0 Shares

काठमाडौँ । २० वाणिज्य बैंकहरूले पहिलो तीन महिनामा कुल १९ अर्ब १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा ४५.४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कमाएका थिए ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरू मध्ये नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफासहित सबैभन्दा अगाडि रहेको छ ।

पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकले रकमका अआधारमा दोस्रो स्थान ओगटेको छ । बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड रुपैयाँ कमाएको छ भने एभरेस्ट बैंकले १ अर्ब २५ करोड रुपैया कमाएको छ ।
यता, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड र एनएमबि बैंकले १अर्ब १६ अर्ब रुपैयाँ कमाएको छ ।

यता, सिटिजन्स बैंक गत आर्थिक वर्षको पहिलो त्रैमासको २२ करोड नोक्सानीलाई सुधारेर १० करोड ७७ लाख नाफामा फर्किएको छ।

यस्तै, कृषि विकास बैंक १० करोड ९२३ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अबए १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (२५२२.४७५) र कृषि विकास बैंक (१८०३.७१५) ले नाफामा उल्लेख्य वृद्धि गरेका छन् ।

कुल २० बैंकमध्ये एनआईसी एशिया बैंक लगायत ५ वटा बैंकको वितरणयोग्य नाफा ठूलो रकमले ऋणात्मक बनेको छ ।

पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको १५ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको हो । यस्तै, हिमालयन बैंक ९९ अर्ब ७९ अर्ब रुपैयाँ ऋणात्मक, प्रभु बैंक ९६ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक रहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ५ अर्ब १६ अर्ब रुपैयाँ ऋणात्मक र सिटिजन्स बैंक ४४ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

असोज मसान्तसम्ममा एभरेस्ट बैंक ३ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफासहित पहिलो स्थानमा छ भने सिद्धार्थ बैंक ३ अर्ब ५७ करोड रुपैयाँ, नेपाल बैंक २ अर्ब ७५ करोड रुपैयाँ, नबिल बैंक २ अर्ब २६ करोड रुपैयाँ, एनएमबि बैंक २ अर्ब २५ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंक २ अर्ब २२ अर्ब रुपैयाँले उच्च वितरणयोग्य नाफा कायम राखेका छन् ।

सम्बन्धित समाचार