0
Shares
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ । जसमा ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।