काठमाडौं। ग्लोबल मोबिलिटी एन्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले दसैं अवसरमा काठमाडौंका ड्राइभर पार्टनरका लागि विशेष सुविधा ल्याएको छ।
कम्पनीले पियर–टू–पियर (पी–टु–पी) मोडलमार्फत इनड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र फेयर मूल्य निर्धारण सुविधा उपलब्ध गराउने भएको हो।
इनड्राइभमार्फत यात्रु र चालकले यात्रा सुरु हुनुअघि नै भाडाबारे आपसी सहमति गर्ने हुनाले दुवैतर्फ उचित मूल्य तय हुने कम्पनीको भनाइ छ। दसैं अवसरमा इनड्राइभले राजधानीका ड्राइभर पार्टनर लक्षित शून्य प्रतिशत सेवाशुल्क घोषणा गरेको छ।
यसअन्तर्गत दसैं अवधिभर ड्राइभरले कुनै पनि सेवाशुल्क तिर्नुपर्ने छैन र राइडका क्रममा शतप्रतिशत आम्दानी उनीहरूले नै राख्न पाउनेछन्।
‘इनड्राइभमा आफूलाई ठूलो समुदायको हिस्सा मान्छौं। यसैअनुरूप दसैं अवसरमा ड्राइभर पार्टनरलाई थप आम्दानी गर्न सहयोग पुग्ने र यात्रुले पनि सुरक्षित तथा निष्पक्ष यात्रा अनुभव पाउन सक्ने वातावरण बनाउन चालकका लागि शून्य प्रतिशत सेवाशुल्क सुविधा उपलब्ध गराएका छौं’, इनड्राइभ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्।