काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई लयमा फर्काउनका लागि सहयोग गर्न आह्वान गरेको छ । आज आइतबार एक वक्तव्य जारी गर्दै नाडाले यस्तो आह्वान गरेको हो ।
नाडाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको दाबी गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका उल्लेख गरेको छ । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ ।
देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको नाडाको भनाई छ ।
नाडाले सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ ।