काठमाडौं। नाडा अटो शो २०२५ को उद्घाटन भएको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोको उद्घाटन गरेका हुन्।
योसँगै १७ औँ संस्करण नाडा अटो शो सुरु भएको हो। भदौ ८ गतेसम्म चल्ने अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) शोमा प्रधानमन्त्री ओलीले अहिले अटो व्यवसायी वा निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने अवस्था नभएको बताएका थिए ।
‘अब कसैले असन्तुष्ट हुनुपर्छ भन्ने कसम खाएको छ भने अलग कुरा हो, अन्यथा अहिले निजी क्षेत्र तथा अटो क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन, हामीले मौद्रिक नीतिदेखि वित्त नीति पनि निकै व्यवहारिक र व्यवसायी मैत्री बनाएका छौँ,’ उनले भने ।
यस्तै, नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो प्रदर्शनी मात्र नभई अटोमोबाइल व्यवसायीको काम गर्ने थलो बनेका धारणा राखे । उनले नाडाले अटो व्यवसायीलाई आत्मबल बढाउन साथ दिएको बताए ।