0
Shares
काठमाडौं । योजना व्यवस्थापक प्रभु क्यापिटलका प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेका छन् ।
योजना व्यवस्थापक प्रभु क्यापिटलको साउन ३० को सञ्चालक समिति बैठकले प्रभु सेलेक्ट फन्डको १२ प्रतिशत र प्रभु स्मार्ट फन्डको १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
बन्दमुखी दुवै योजनाको प्रतिफल घोषणा गरिए पनि बुक क्लोजको मिति भने तय गर्न बाँकी छ ।