काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी पत्नी एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार दिउँसो ३ बजे कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरिन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वमा आउन भण्डारीलाई सक्ने भएपछि आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका हुन् ।
तत्कालीन मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि ओली र भण्डारी एउटै गुटमा रहेर काम गरेका थिए । ओलीकै जोडवलमा दुई पटक मन्त्री र तीन पटक सांसद भएकी थिइन । तत्कालीन नेकपा हुँदा समेत ओलीकै सल्लाहमा दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरिन । ओलीले दुई पटक संसद् विघटन गर्दा समेत भण्डारीले उनलाई दरो साथ दिएकी थिइन । संसद् विघटनको चौतर्फी आलोचना हुँदा समेत भण्डारीले विघटनलाई सहजै सदर गरिन । राष्ट्रपतिबाट दुई कार्यकाल पुरा गरी भण्डारी सक्रिय राजनीतिमा आउने निर्णय गरेपछि दुई जना बिचको तिक्तता बाहिर आएको हो ।
भण्डारीले पार्टी नेतृत्वमा आउने इच्छा देखाएपछि ओलीले पार्टीभित्रको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल हुन नपाउने प्रावधान हटाएका छन् । आफू तेस्रो पटक पार्टी नेतृत्वमा आउन अनेक तानाबाना बुनेर योजना बनाइ राखेका छन् । त्यति मात्रै होइन सक्रिय राजनीतिमा आउने विद्याले निर्णय गरे लगत्तै उनको पार्टी सदस्य साइडबाटै गायब पारिएको छ । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विद्याको पार्टी सदस्यता साइडबाटै गायब बनाएको बिबिसीसँगको अन्तरवार्तामा खुलासा गरेका थिए । भण्डारीलाई पार्टी नेतृत्वमा आउन नदिन ओलीले पार्टी सदस्यता खानेदेखि लिएर भदौमा हुने विधान महाधिवेशनमा सहभागी हुन नदिने निर्णय गराएका छन् । यसअघि पार्टी विधान महाधिवेशनमा सहभागी भएका मात्रै सहभागी हुन पाउने केन्द्रीय समिति बैठकबाटै निर्णय गराएका छन् । एमाले सचिवालयदेखि स्थायी समिति बैठकमा भण्डारी पक्षका नेताहरूलाई बोल्नै दिएनन् । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य कर्णबहादुर थापा लगायत नेतालाई बैठकमा राम्रैसँग बोल्न र असहमति समेत राख्न दिएनन् ।
भण्डारीलाई पार्टी नेतृत्वमा आउन नदिन ओली गुटका नेताहरू अनेक षड्यन्त्र जारी राखेका छन् । राष्ट्रपति भई सकेको व्यक्ति पुनः पार्टी राजनीतिमा फर्किदा व्यवस्थामाथि नै असर पर्ने ओली गुटका नेताहरू दाबी गर्दै आएका छन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति भई सकेको व्यक्ति पुनः राजनीतिमा आउन कुनै छेकबार गरेको छैन । ओलीको पेलानमा परेको भण्डारीले महसुस गरेपछि आफू माझ किरातमा जन्मिएकाले यस्ता दबाब र पेलानबाटै नगल्ने प्रष्टीकरण दिँदै हिँडेकी छन् । आफू राजनीतिमा आउँदा यस्ता अवरोध र षड्यन्त्र आउँछ भन्ने पहिले नै आकलन गरी सकेको बताउने गरेकी छन् । भण्डारी पुत्र उषाकिरण भण्डारीले पार्टीमा यति धेरै षड्यन्त्र हुँदा समर्थन समेत गर्न नसकिने अवस्थामा पु¥याउने गरेको भन्दै दुख व्यक्त गरेकी छन् । भण्डारी पार्टीभित्र ओलीको पेलान पर्दा उनले सबैतिरबाट राम्रो सान्त्वना पाएकी छन् । यसले भण्डारीलाई राजनीतिक रूपमा राम्रै लाभ पाएको राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् ।
भण्डारी सक्रिय राजनीतिमा आउने भएपछि छिमेकी देश चीन लगायत कम्युनिस्ट विचार मान्ने देशसँग उनले राम्रो सम्बन्ध बनाई सकेकी छन् । नेपाली काँग्रेस बाहेक नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी लगायत पार्टीले भण्डारीको सक्रिय राजनीतिमा आउने विषयलाई आलोचनाको विषय बनाएका छैनन् । काँग्रेस भण्डारी नेतृत्वमा आउँदा सत्ता समीकरण बदलिन सक्ने भएकाले समर्थन नजनाएको नेताहरूले बताएका छन् ।
तत्कालका लागि भण्डारीलाई पार्टीभित्रै ओलीको अवरोध छिचोल्न सकस पर्न थालेको छ । पटक पटक विभाजन भई थिलथिलो भएको एमाले विभाजन गरेर पार्टी बनाउन सकिँदैन भन्नेमा भण्डारी ढुक्क छिन् । पार्टी विभाजन गरेर नेतृत्वमा पुग्ने सम्भावना कम देखिएको छ । यस्तो अवस्थामा भण्डारी ओली विरुद्ध लागेका एमाले नेताहरूको साथ लिएर लड्ने योजना बनाएकी छन् । एमाले विधान महाधिवेशनपछि पार्टी महाधिवेशनको मिति घोषणा भएपछि भण्डारी कसरी पार्टीभित्र ओलीसँग मुकाबिला गर्छिन् त्यसपछि उनको राजनीतिको आकार बारे भन्न सकिने अवस्था छ । तत्काल भण्डारी ओलीका टाढा भएका नेताको साथ लिएर उनी विरुद्ध लड्ने योजना बनाएको देखिएको छ । एमाले महाधिवेशनको मिति घोषणा भएपछि भण्डारी कसरी पार्टीभित्र ओलीसँग मुकाबिला गर्छिन् त्यसैमा उनको भावी राजनीति रेखा कोरिने विश्लेषकहरू बताउँछन् ।