0
Shares
काठमाडौं। होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने भएको छ। होटलले आईपीओ निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिपछि होटल सिराइचुलीले निकट भविष्यमा नियामकबाट स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्कासन गर्नेछ। सम्झौतामा होटल सिराइचुलीका अध्यक्ष चुडामणि खनाल र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे।
पर्यटकीय नगरी चितवनको भरतपुर महानगर–१० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलायुक्त चारतारे होटल हो।
होटलमा समकालीन आवास, मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वट हल, पाँच वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पासहित उच्चस्तरीय सुविधासम्पन्न कोठा छन्।