बलात्कारको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख झा पक्राउ

0 Shares

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेस प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो, आज हाम्रो टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।’

पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट आजै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताए ।

सम्बन्धित समाचार