0
Shares
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । प्रहरीका अनुसार, बुधबार राति करिब सवा ९ बजे उक्त भट्टीमा विस्फोट भएको हो ।
उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम हुने गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराका अनुसार, विस्फोटपछि अहिले प्रहरीको टोली खटिएको छ ।के कारणले विस्फोट र अन्य के के क्षति भयो भन्नेबारे यकिन हुन बाँकी रहेको प्रहरी कार्यालयका एक प्रहरीले बताए । अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।