0
Shares
काठमाडौ । सगरमाथा लुम्बिनी इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ १३ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।