रसुवा नाकाबाट साढे सात किलो सुन बरामद, ड्राइभर र गाडी नियन्त्रणमा

0 Shares

काठमाडौं। रसुवा भन्सार नाकामा ठूलो परिमाणमा सुन बरामद भएको छ। प्रहरीका अनुसार चीनबाट नेपाल ल्याउँदै गरेको सुन बरामद गरिएको हो।

‘प्रहरी सुनजस्तो देखिन पहिले धातु बरामद गरिएको छ, साढे सात किलो जति सुनजस्तो धातु फेला परेको हो, यसबारे अनुसन्धान भइरहेको छ,’ रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले भने ।

प्रहरीका अनुसार बा४ख ६२०१ नम्बरको गाडीमा सुन बरामद गरिएको हो। यसबारे प्रहरीले ड्राइभर र गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार