यसरी हेर्नुहोस् नेपाल र भारतीय टोलीको क्रिकेट लाइभ (भिडिओसहित)

0 Shares

काठमाडौं । आज नेपालले र भारतको स्टेट टोली गुजरातसँग त्रिकोणात्मक टी २० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेल खेल्दै छ ।

खेल नेपाली समयअनुसार दिउँसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा हुने छ ।

नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीका रुपमा नेपालले सिरिज खेल्न लागेको हो ।

बरोडा र गुजरात दुवैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुनेछ ।

नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्ने छ । चैत २१ गुजरातसँग खेल्ने छ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्ने छ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।

यस्तै भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित समाचार