0
Shares
काठमाडौँ । सर्वोत्तम सिमेन्ट दोस्रो बजारमा कारोबारमा आएको चौथो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । सर्वोत्तम सिमेन्टको चौथो कारोबार दिन ८१३ रुपैयाँ ८० पैसामा शेयर खरिद बिक्री भइरहेको छ ।
उक्त सिमेन्ट कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको थियो । नेप्सेले कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।
सर्वोत्तम सिमेन्टको ४ करोड ६५ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको छ, जस मध्येमा ६० लाख कित्ता सर्वसाधारण तर्फको रहेको छ । भर्खरै बजार प्रवेश गरेको सार्वोत्तम सिमेटमा लगानीकर्ताको चासो बढेको हो ।
दैनिक सर्किट लेभलमा कारोबार भइरहेको यस कम्पनीको शेयरमा अहिले ७ लाख २५ हजार ९४० कित्ता खरिद माग रहेको छ। यता बिक्री गर्ने लगानीकर्ता भने शून्य रहेका छन्।