सन नेपाल लाइफले गर्यो ७५ प्रतिशत ब्याज छुटको घोषणा

0 Shares

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्सले पुस १ देखि २६ गतेसम्म व्यतित बीमा लेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस छुट अभियानमार्फत ग्राहकलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको जनाएको छ ।

छुट अभियानका मुख्य उद्देश्यः

–आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने ।
–आफ्ना ग्राहक र उहाँहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने ।
–ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने ।
– ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने ।

सम्बन्धित समाचार