सानिमा बैंकले पायो आईएसओ प्रमाणपत्र

0 Shares

काठमाडौँ । सानिमा बैंकले आईएसओ २७००१ः०२२ प्रमाणपत्र प्राप्त गरेको छ।

सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धित बैंकका सेवा तथा सुरक्षित र भरपर्दो बैंकिङ आईसेवा आन्तरिक र बाह्य प्रयोगकर्तालाई उपलब्ध गराएकोले बैंकले उक्त प्रमाणपत्र पाएको हो।

बैंकले ग्राहकको डेटा सुरक्षा र आफ्नो प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। अहिले पाएको प्रमाणपत्र हाल रहेको प्रमाणपत्रभन्दा माथिल्लो स्तरको हो।

बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली ९आईएसएमएस०को मूल्यांकनपछि पछिल्लो प्रमाणपत्र प्राप्त भएको बैंकले जनाएको छ।

सम्बन्धित समाचार