महिला एशिया कपः पाकिस्तानमाथि भारत सात विकेटले विजयी

0 Shares

काठमाडौं । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समूह एअन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछ्याएको भारतले १४.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै १०८ रन बनाएको थियो ।

शुक्रबार नै सम्पन्न अर्को खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ । आइतबार पाकिस्तानले नेपालसँग खेल्ने छ ।

सम्बन्धित समाचार