निर्वाचनमा शून्य भएपछि सात दल मोर्चाको घोषणा गर्दै

0 Shares

काठमाडौ । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा शून्य भएका सात राजनीतिक दलले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन् । जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र छोडेर फागुन २१ को निर्वाचनअगाडि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य थाल्न लागेका हुन् । यसरी मोर्चाबन्दीको घोषणा गर्नेमा तराई मधेस केन्द्रीत दल सहित पहाड मात्रै संगठन भएका दलहरु रहेका छन् ।

मधेशवादी दलसहित आगामी साउन २३ गते काठमाडौंको थापा गाउँमा नयाँ मोर्चा घोषणा गर्न लागिएको जनार्दनको सचिवालयले जनाएको छ।
उक्त मोर्चामा डा। सीके राउतको जनमत पार्टी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, प्रभु साहको आमजनता पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, बहुजन एकता पार्टी, संघीय समाजवादी पार्टी नेपाल लगायतका रहनेछन् ।

मोर्चाको घोषणाका लागि सबै शीर्ष नेताहरूसँग सहमति जुटेको अध्यक्ष राउत बताउँछन्। ‘अहिलेको अवस्थामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने परिस्थिति बनेपछि यही २३ गते कार्यक्रम गरेर एउटा सन्देशसहित मोर्चाको घोषणा गर्ने तयारी गरेका छौं’, उनले भने ।

सम्बन्धित समाचार