सरकार हुण्डी कारोबारमा लागेको अध्यक्ष साहको दाबी

0 Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकार हुण्डी कारोबारमा संलग्न रहेको बताएका छन् । कालोधनलाई सेता बनाउन सरकारका मन्त्री नै कानूनले प्रतिबन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा बर्बाद बनाउने बताए ।

उनले हुण्डी कारोबारका कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई सचेत गराए । उनले भने, ‘हुण्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौँ, आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ, मन्त्रीहरु, ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन् ।’

अध्यक्ष साहले बैंकहरूसमेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाएका थिए ।

सम्बन्धित समाचार