जसपाले फिर्ता लियो प्रचण्डलाई दिएको साथ

0 Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको साथ फिर्ता लिएको छ ।

जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।

जसपाका प्रतिनिधिसभामा सात सांसद रहेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् । नेकपा एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।

सम्बन्धित समाचार