एकीकृत समाजवादीको तीन पद सर्वसम्मत चयन, को-को भए छनौट ?

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी जारी १० औँ महाधिवेशनमा अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशनले बिहीबार अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको हो । यस्तै, झलनाथ खनाल सम्मानित नेतामा चयन भएका छन् ।

यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । बाँकी पद सचिवालयले टुङ्ग्याएर भोलि निर्णय गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार