0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनेबारे छलफल भइरहेको छ ।
मन्त्रीहरूले राजीनामा दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भइरहेको श्रम मन्त्री डिपी अर्यालले जानकारी दिए । ‘राजीनामाबारे प्रधानमन्त्रीसँग परामर्श भइरहेको छ, पार्टीप्रति पनि छलफल भइरहेको छ, पार्टीको धारणा आएपछि निर्णय हुन्छ,’ उनले भने ।
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रास्वपाका चार जना मन्त्रीहरू रहेका छन् । जसमा श्रममन्त्री अर्यालसहित शिक्षामन्त्री सुमन श्रेष्ठ र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ छन् ।
यसअघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।