काठमाडौं । नेकपा एकीकृत समाजवादीको निर्वाचन प्रक्रिया सुरु भएको छ । काठमाडौंको कमलादीमा भएको पार्टीको दशौं महाधिवेशनमा निर्वाचनको तयारी भई मतदातानावाली प्रकाशन गरिएको हो ।
बुधबार साँझ एकीकृत समाजवादीले निर्वाचन गर्न मतदाताको नामावली प्रकाशनको काम गरेको पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले बताइन । बिहीबार बिहानैदेखि निर्वाचनका अन्य कार्यक्रम अघि बढ्ने उनको भनाइ छ ।
बुधबार विभिन्न १२ समूहमा विभाजित टोलीका नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न माग राखेका हुन् । पार्टी पोलिटब्यूरो सदस्य पन्तले अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत गर्न सुझाव दिएको बताइन ।
‘पार्टीका तर्फबाट विभाजित १२ समूहमा विभाजित अधिकांश नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाएका छन्,’ उनले भनिन्, ‘बिहीबार पार्टीको निर्वाचन प्रक्रियामा जाने छ, त्यहाँ सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा जाने छ ।’
नेता पन्तले पार्टीमा चुनावी प्रतिस्पर्धा गर्नुपर्छ भन्ने बाहिर भनिए जस्तो अवस्था नरहेकाले सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिन् । विभिन्न १२ समूहमा विभाजित नेताहरुको प्रतिवेदन पास भएको छ ।