एमालेका मन्त्रीहरू बालकोट पुगेपछि प्रधानमन्त्रीलाई बुझाए राजीनामा

0 Shares

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् ।

नेकपा एमालेका आठ मन्त्रीहरूले प्रधानमन्त्रीलाई समूहिक राजीनामा बुझाएका हुन् । उनीहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरूले प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

यसअघि एमालेले मंगलबार आजसम्म समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले बुधबार अपराहन्नसम्म राजीनामा नगरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएको हो ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहेका थिए ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खाने पानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए ।

सम्बन्धित समाचार