प्रचण्डले राजीनामा नदिए ओली प्रधानमन्त्री बन्न कति सहज ?

0 Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका छन् ।

मंगलबारको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिएर मात्रै छाड्ने निर्णय लिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री मन्त्री बन्ने बाटोमा तगारो देखिएको छ ।

प्रचण्डले संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत लिएर विश्वास प्राप्त नभए कांग्रेस एमालेबाट ओली सजिलै प्रधानमन्त्री बन्न नसक्ने पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी बताउँछन ।

‘प्रचण्ड संविधानको ७६ को (२) बमोजिम प्रधानमन्त्री हुनुहुन्छ, उहाँले राजीनामा दिए ओली जी सजिलै प्रधानमन्त्री बन्ने बाटो खुल्छ,’ उनले भने, ‘तर माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्री राजीनामा नदिने विश्वासको मत लिने भएपछि थप समस्या हुने देखियो, त्यो अवस्थामा संविधान बमोजिम ७६ को (३) बमोजिम ओली जी होइन देउवा जी बन्न बाटो खुल्छ, त्यो भनेको ठूलो दल कांग्रेस हो ।’

त्यस्तो अवस्थामा मुलुक मध्यवती निर्वाचनतिर जान सक्ने कतिपय कानूनविदको तर्क छ । अहिलेको अवस्थामा कांग्रेस एमालेबाट बहुमत लिएर राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पुगेमा उनले कस्तो भूमिका खेल्छन भन्ने पनि महत्वपूर्ण छ ।

उनले ओलीलाई सजिलै प्रधानमन्त्री हुने गरी बाधा अड्काउ फुकाएमा समस्या हुने छैन । यदि, त्यसो नभए प्रधानमन्त्रीको विषयलाई लिएर मुद्दा सर्वोच्च अदालतसम्म पुग्न सक्ने वरिष्ठ अधिवक्ता बिडारी बताउँछन ।

त्यसपछि सर्वोच्चको संवैधानिक इजलासका न्यायाधीशले जुन व्याख्या र निर्णय गर्छन । त्यसैलाई मानेर जाने अवस्था आउने देखिएको छ । उता कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने भन्न थालेका छन् ।

आफू सहिलै प्रधानमन्त्री बन्ने बाटो नदेखेपछि ओली आफ्ना पार्टीका मन्त्रीलाई मंगलबार फिर्ता बोलाउने भनिए पनि बोलाएनन् । बरु राष्ट्रिय सहमति सरकार बनाउने पासा फाले प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर मेहनत गर्न लागेका छन् । त्यो अवस्थामा प्रचण्ड तयार हुन्छन् कि हुँदैन त्यो उनको निर्णयमा भर पर्ने देखिएको छ ।

सम्बन्धित समाचार