0
Shares
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन् ।
मंगलबार बिहान बदलिएको राजनीतिक समीकरणतर्फ संकेत गर्दै सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।
उनले एक चर्चित भनाइ उल्लेख गर्दै लेखेका छन्, ‘केहीलाई सधैंभरी ठग्न सकिन्छस सबैलाई केहीबेर ठग्न सकिन्छस तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’