0
Shares
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जानका लागि नयाँ समीकरण नबनाउने बताएका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरूसँग राष्ट्रिय मुद्दाका विषयमा छलफल भइरहेको भए पनि सरकारमा जानका लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन् ।
उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउँदै अहिले यस विषयमा छलफल नभएको बताएका छन् । उनले दीर्घ कालीन रुपमा सरकार चल्ने, अस्थिरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन विचार गर्ने बताए ।