0
Shares
काठमाडाैं । टी २० विश्वकपको फाइनलपछि विराट कोहलीले टी २० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् ।
फाइनलमा जितपछि विराटले भने, ‘यो मेरो अन्तिम टी २० म्याच थियो, त्यसैले मैले त्यस्तै खेलेँ, अब नयाँ पुस्ताले जिम्मेवारी लिनु पर्छ ।’
उनी दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा प्लेयर अफ द म्याच बनेका थिए । उनले ७६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । यसअघि विश्वकपका ७ खेलमा उनको कूल स्कोर ७५ रन थियो ।
अमेरिका र वेष्ट इण्डिजमा सम्पन्न खेलमा विराटले दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओभरमा मार्को यान्सनविरुद्ध ३ चौका प्रहार गरेका थिए ।
विराटले ५९ बलमा ७६ रन बनाएर आउट भएका थिए । उनले आफ्नो पारीमा ६ चौका र २ छक्का प्रहार गरे । उनको इनिङ्सको आधारमा भारतले १७६ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो । जसलाई दक्षिण अफ्रिकाले पछ्याउन सकेन ।