टी २० विश्वकपमा विजयी टोलीले कति पाउँछ पुरस्कार ? नेपालले कति पायो ?

0 Shares

काठमाडौं । जारी आईसीसी टी २० विश्वकपमा आज अपराजित यात्रामा रहेका भारत र दक्षिण अफ्रिकाबीच उपाधिका लागि भिड्दै छ ।

विजेता टोलीले उपाधिका लागि अहिलेसम्मकै सबैभन्दा धेरै रकम हात पार्ने छ । आईसीसीका अनुसार प्रतियोगिताका लागि सर्वाधिक ठूलो धन राशीको पुरस्कार रकम तोकिएको छ ।

यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ । उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ । अर्थात विजेताले ३२ करोड ६० लाख रुपैयाँ पाउने छ । उपविजेता टोलीले १७ करोड रुपैयाँ पाउने छ ।

यसैगरी आईसीसीले प्रतियोगितामा जित निकाल्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार एक खेलमा जित निकाल्ने टोलीहरूले थप ४१ लाख रुपैयाँ पाउने छ ।

यो हिसाबले अपराजित यात्रामा रहेको भारतले सात खेलमा जित निकालेसँगै दुई करोड ९० लाख रुपैयाँ थप पाउने छ भने आठ खेलमा जित निकालेको दक्षिण अफ्रिकाले तीन करोड ३१ लाख रुपैयाँ पाउने छ । फाइनलमा जित निकाल्ने टोलीले थप रकम पाउने छ ।

आईसीसीले विश्वकपको यस संस्करणका लागि मात्रै ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरिसकेको छ ।

जसअनुसार सेमिफाइनलमा पराजित हुने टिमले सात लाख ८७ हजार ५०० डलर पाउने छन् । सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।

त्यस्तै, नवौँदेखि १२ औँ स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् । १३ औँदेखि २० औँ स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन्  ।

प्रतियोगितामा नेपालले तीन खेलमा पारजित बनेको थियो । यस्तै, एक खेलमा बराबरी खेलेको थियो ।

जसअनुसार नेपालले प्रयोगितामा सहभागी भएबापत कम्तिमा दुई लाख २५ हजार डलर अर्थात तीन करोड रुपैयाँ पाउने भएको छ । यसैगरी खेलाडीले पाउने रकमसहित विभिन्न अनुदान पाएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार