बालेनसँग मिल्नु राम्रो भन्दा रास्वपाका महामन्त्रीमाथि कारबाहीको तयारी

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । उनले पेश गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर एक महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनुअघि मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टीभित्र व्यापक विरोध भइरहेको छ ।

उनले प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा पार्टी विवेकशीको हालतमा पुग्ने, तत्काल सरकारबाट हट्नु पर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नु पर्ने सुझाव दिएका थिए ।

आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको बताइएको छ । तर, महामन्त्री ढकालले आफूलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भनेका छन्, ‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नु भएको छैन ।’

सम्बन्धित समाचार