0
Shares
काठमाडौँ । शुक्रबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ ।
यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि सुन यही भाउमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।