काठमाडौं । जारी आईसीसी टी २० विश्वकपको दोस्रो सेमिफाइनल खेल भारत र इङ्ग्ल्याण्ड आमने सामने हुँदै छन् ।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान रोहित शर्माले प्रतियोगितामा आफ्नो प्रदर्शन र आगामी योजनाबारे खुलाएका थिए ।
यस क्रममा कप्तान शर्माले पत्रकार सम्मेलनमा विराट कोहलीको प्रदर्शन र अर्शदीप सिंहको बलिङबारे टिप्पणी गरेका थिए ।
पत्रकारको प्रश्न थियो, ‘विराटजस्तो खेलाडीले अहिलेसम्म रन बनाउन नसक्नु दुर्भाग्यपूर्ण छ, जब उनी आउट हुन्छन्, कारण पत्ता लगाउन गाह्रो हुन्छ । ऋषभ पन्त पनि रिभर्स स्वीप खेल्ने क्रममा दुई पटक आउट भएका छन् टिममा यस्तो टेम्प्लेट छ कि पावरप्लेमा विकेट खस्यो भने अन्य खेलाडीले रन बनाइरहेका छन् कि सेफ्टी फर्स्ट जस्तो कुरा छ ?’
यो प्रश्नपछि कप्तान शर्मा विराट कोहलीको बचाउ गर्दै भने, ‘हेर्नुस्, यो सबै हाम्रो अगाडि कस्तो अवस्था छ त्यसमा भर पर्छ, कन्डिसनको बारेमा बारम्बार कुरा गर्न मलाई धेरै बोरिङ लाग्छ, तर यो महत्त्वपूर्ण कुरा हो किन भने हामीले न्युयोर्कमा जित्ने स्कोर के थियो देख्यौँ, त्यसैले यस्तो अवस्थामा, हामी जान्छौँ र ब्याट घुमाउँछौँ भन्ने सोच्नु यो समझदारीपूर्ण छैन, त्यसैले हामी एक समझदार टोली बन्न चाहन्छौँ, हामी यस्तो टोली बन्न चाहँदैनौँ कि हामी गएर प्रहार गर्न थालौँ ।’
यस्तै, उनले आफूहरूको अगाडि के छ ? के गर्नु पर्छ ? भनेर बुझ्नु महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘त्यो अनुभवमा निर्भर छ कि उनीहरूले त्यहाँ रिभर्स स्वीप खेल्छन् कि योर्कर बल वा बाउन्सर गर्छन् ।’
यसैगरी उनले खेलाडीहरूले रिभर्स स्वीप गर्ने वा अगाडि बढेर सट खेल्ने निर्णय गर्ने खेलाडीहरूको अनुभवमा भर पर्ने बताए । ‘हाम्रो टोलीमा राम्रो गुणस्तरका खेलाडीहरू छन् र म व्यक्तिगत रूपमा यी खेलाडीहरू तेज दिमाग भएका खेलाडी भएकाले उनीहरूले जे निर्णय लिने छन् त्यसमा निर्भर छु,’ उनले थपे ।