दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश

0 Shares

काठमाडौं । जारी टी २० विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको थियो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले ३-३ विकेट लिए । कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

झिनो रनको लक्ष्य पाएर मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले ९ विकेटले विजयी भएको हो । ८.५ ओभर खेल्ने क्रममा दक्षिण अफ्रिकाका लागि रिजा ह्यार्डिकले २९ रन बनाए । अर्का खेलाडी एडियम मार्कलले २३ रन बनाए ।

सम्बन्धित समाचार