काठमाडौं । जारी टी २० विश्वकपमा भारत सेमिफाइनल पुगेको छ । सुपर आठको खेलमा अष्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत अन्तिम चारमा पुगेको हो ।
भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै १८१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए । यता भारतीय बलर अर्शदीप सिंहले तीन विकेट लिँदा कुलदीप यादवले दुई विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतका कप्तान रोहित शर्माको ९२ रन बनाए । उनको रनको वर्षासँगै २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रन बनाएको थियो । यो जितसँगै भारत सुपर आठको समूह एबाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।
यो हारपछि अष्ट्रेलियाको सेमिफाइनल यात्रा धरापमा परेको छ । अफगानिस्तान र बंगलादेशको खेलको जित हारसँगै टुंगिएसँगै अष्ट्रेलियाको भाग्य तय हुनेछ । यस क्रममा बंगलादेश विजयी भए अष्ट्रेलियाको भाग्य चम्किँदै अन्तम चारमा प्रवेश पाउने छ ।