टी २० विश्वकपको सुपर आठमा आज दुई खेल हुँदै

0 Shares

काठमाडौं । जारी टी २० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुँदै छन् । आज पहिलो खेल वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीच हुँदै छ ।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि भइरहेको छ ।

सुपर आठमा दक्षिण अफ्रिकाले यसअघि खेलेका दुवै खेल जितेको छ । यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ ।

त्यस्तै वेष्ट इण्डिजका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यसअघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो । इङ्ल्याण्डसँग पराजित भएको थियो ।

आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि हुने छ ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो ।

सम्बन्धित समाचार