यी आठ देशमा राजदूत सिफारिस, कहाँ को परे ?

0 Shares

काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।

सरकारले पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदूत बनेका थिए ।

त्यस्तै, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा. विजन पन्त रहेका छन् ।

यसैगरी, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार