कवाडी व्यवसायीमाथि अनाहकमा धरपकड भयो- प्रभु शाह

0 Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्षसमेत रहेका सांसद प्रभु साहले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दबाब लिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कवाडी व्यवसायीको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताउँदै कानूनको अधिनमा रही सम्मानपूर्वक व्यापार व्यवसाय गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरूमा काठमाडौं महानगरले डोजर आतंक मच्चाएको आरोप लगाउँदै कवाडी व्यवसायीमाथि प्रहरीले बिना कारण प्रहार गरेको बताए ।

‘हिजो कवाड व्यवसायीको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ, झण्डै ५० जनाजति, एक दर्जन त गम्भीर घाइते छन्, टाउको फुटेको छ, उनीहरू वीर अस्पतालमा भर्ना भएका छन्,’ उनले भने ।

उनले संवैधानिक हक उल्लंघन भइराख्दा गृहमन्त्री रवि लामिछानेले केही गर्न नसकेको बताए । ‘शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नु भयो ? त्यसमा संलग्न प्रहरीमाथि कारबाही होस्, सम्मानित अदालतको आदेशविपरीत काठमाडौं महानगरले डोजर आतंक गरेको छ,’ उनले थपे ।

सम्बन्धित समाचार