0
Shares
काठमाडौं । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी ठगेको अभियोग लागेको पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । स्रोतका अनुसार उनी पक्राउ परेका हुन् ।
उनले रकम संकलन गरी मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलाइएको छैन ।
यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।